‘कोरोना संक्रमित युवती आएको जहाजका सबैको पहिचान’ : स्वास्थ्य मन्त्रालय

‘कोरोना संक्रमित युवती आएको जहाजका सबैको पहिचान’ : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए।

संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए। जहाजमा संगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए। त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमुना परिक्षण भएकोमा २ वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको उनले बताए।

कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए। त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मिहरु, दिर्घरोगिहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परिक्षण सुरु गरेको छ।नागरिकबाट

Skip This
Skip This
Logo