काभ्रेको दोलालघाटसम्म निःशुल्क बससेवा

काभ्रेको दोलालघाटसम्म निःशुल्क बससेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रे जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस सेवा सञ्चालन भएको हो ।

आज मात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका लागि सात वटा तथा काभ्रेका लागि दुई बस पठाइएको छ । समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष अधिकारीले सवारी साधन नपाएर नुवाकोट र काभ्रे जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको जानकारी दिए ।

देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको अधिकारीको भनाइ छ । अधिकारी नुवाकोट निवासी हुन् । सोमबार पनि नुवाकोट र काभ्रेका लागि निःशुल्क बस सञ्चालन हुनेछन् । विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ ।रासस

Logo