काठमाडौं ।
नेदरल्याण्ड्सका नागरिकसमेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता पठाइने भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार, प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाउन लागिएको हो । शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानका नेपाली सहित सबै यात्रु सिंगापुर फिर्ता पठाइनेछ ।
विमानका कोही पनि यात्रु नझारी विमानलाई इन्धन भरेर सिंगापुर फिर्ता हुन निर्देशन दिइएको हो ।
कोरोना भाइरसको उच्च संक्रमण रहेको मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । तर, विमानमा डच नागरिक आएको सूचनापछि काठमाडौं आइपुगेका नेपाली सहित सबै यात्रु सिंगापुर नै फिर्ता पठाउने निर्णय भएको विमानस्थल स्रोतले जनाएको छ । आइतबारबाट भने अन्तर्राष्ट्रिय उडान नै बन्द गर्ने सरकारले निर्णय गरेको छ ।हिमाल खबर पत्रिकाबाट































प्रतिक्रिया