प्रतिबन्ध उल्लंघन गर्दै आएका ६२ जनालाई आफ्नै खर्चमा खरिपाटी क्वारेन्टाइनमा राखियो

प्रतिबन्ध उल्लंघन गर्दै आएका ६२ जनालाई आफ्नै खर्चमा खरिपाटी क्वारेन्टाइनमा राखियो

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ। विभिन्न देशबाट आएका चार महिलासहित ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि राखिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै त्यहाँं ल्याइएको जनाए। कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु शनिबार नै नेपाल आएको जनाइएको छ। जापान, मलेसियालगायत मुलुकहरुबाट उनीहरु नेपाल आएको जनाइएको छ।

आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने छन्। उनीहरु आफैंले नै त्यसका लागि सबै खर्च व्यहोर्नुपर्नेछ। यसअघि पहिलो पटक त्यहाँं चीनबाट ल्याइएका नेपालीलाई सरकारले नै सबै बन्दोवस्त गरेको थियो।

बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो।नागरिकबाट

Logo