हेलिकप्टरबाट औषधि छर्ने हल्ला मात्र – नेपाली सेना

हेलिकप्टरबाट औषधि छर्ने हल्ला मात्र – नेपाली सेना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
हेलिकप्टरबाट नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिने औषधि छर्ने हल्ला मात्र भएको नेपाली सेनाले जनाएको  छ।  नेपाली सेनाले शनिबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली सेनाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर राखि आन्तरिक रुपमा सो भाइरसको रोकथामका लागि गरेको न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी गरेको तथ्य प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकोले त्यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ । तसर्थ संवेदनशील घडीमा यस प्रकारको भ्रामक झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ ।’

त्यस्तै नेपाली सेनाले कोभिड १९ भाइरसका सम्बन्धमा गरिरहेको जानकारी आवश्यक परेमा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

Logo