सिन्धुपाल्चोक।
राजधानीवासीको पानीको प्यास मेटिने बहुचर्चीत मेलम्ची खानेपानी आयोजनाको अस्थायी ड्यामबाट सुरुङमा पानी हालेर परिक्षण गरिएको छ । खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थायी ड्यामबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परिक्षण गरिएको हो ।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार्गबाट पानी परिक्षण सम्पन्न भएको थियो । हेलम्बु गाउँपालिका –१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङ सम्म पानी हालेर परिक्षण गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।
झण्डै एक किलोमिटर सुरुङ भित्र पानी हालेर सफलतापूर्वक परिक्षण गरिएको छ, कतै पनि समस्या भएन मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने । खानेपानी आयोजनाको ड्यामबाट आयोजनाको पहिलो अडिट मार्ग अम्बाथान सुरुङ सम्म परिक्षण गर्दा कतै पनि समस्या नदेखिएको खत्रीले जानकारी दिए । अब क्रमशः अरु अडिट मार्गमा पानी हालेर परिक्षण सकिएपछि मुख्य सुरुङ भित्र पानी हालेर परिक्षण सम्पन्न गरिने कार्यकारी निर्देशक खत्रीले बताए ।राजधानीबाट





























प्रतिक्रिया