रोकिएन टिपर आतंक, भक्तपुरमा १८ महिने बालकको मृत्यु

रोकिएन टिपर आतंक, भक्तपुरमा १८ महिने बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

शनिबार टिपरको ठक्करबाट भक्तपुरमा एक बालककाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा शिशिर मोक्तान रहेका छन् ।

चागुँनारायण-९ मा रहेकाे ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका १८ महिने बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले ठक्कर दिँदा ज्यान गएकाे हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रहरीले ठक्कर दिने टिपर र भक्तपुर नगरपालिका-९, च्यामसिंह बस्ने ४० वर्षीय चालक श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

Logo