काठमाडौं ।
अर्थ क्षेत्रका विज्ञहरुले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले कोरोनाका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र विदेशी विनिमय पनि घटेको बताए। अर्थविद् राजदूत प्राडा विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकाले यसबाट नेपाललाई पनि असर परिहेको बताउँदै पूर्वतयारीका लागि सरकारसँग आग्रह गरे।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले कोरोनाका कारण विश्व अर्थतन्त्रमा कति नोक्सानी हुन्छ भन्नेबारे पनि पछिल्लो समय टीकाटिप्पणी हुन थालेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले कोरोना एकबाट अर्कोमा सर्ने भएकाले यसको लक्षण देखिनेबित्तिकै उपचारका लागि स्वयम् व्यक्तिले सचेतना अपनाउनु पर्नेमा जोड दिए।रासस





























प्रतिक्रिया