२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद

1
1
1
1
1
1

काठमाडौं,८,पुस
नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीन जना मात्र महिलाले जितेका कारण माओवादी केन्द्रले समानुपातिकबाट १५ महिलालाई सांसद बनाउने भएको छ । माओवादीबाट दुई जना पुरुषमा खस आर्यबाट हितराज पाण्डे र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह सांसद बन्ने भएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को दफा ३१ (५) बमोजिम ‘समानूपतिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गराउनु पर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट पहिलो हुने निर्वाचन प्रणाली र समानूपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४० (४) र प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्देशिका २०७४ को दफा ३१ (६) बमोजिम ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । प्रत्येक कानूनी व्यवस्थालाई हेर्दा नेकपा माअ‍ोवादी केन्द्रले प्राप्त गर्ने समानूपातिकतर्फको १७ सिट मध्ये महिला १५, पिछडिएको क्षेत्रबाट एक जना र अन्य समावेशी समुहबाट एकजना पुरुष छनोट गरेको छ ।
अन्नपूर्णबाट

प्रकाशित: ८ पुष २०७४ ०५:४५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी