कांग्रेस नेता एवं पूर्वमन्‍त्री शेर्माको निधन

कांग्रेस नेता एवं पूर्वमन्‍त्री शेर्माको निधन

केन्द्रबिन्दु
0
Shares

फिदिम ।
पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा शेर्माको निधन भएको हो । दुई वटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा थला परेका थिए।

२००० साल असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । उनले नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।

२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११ औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो । कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo