अफगानिस्तानमा २ राष्ट्रपतिदेखि सबै फिल्म सुटिङ बन्द (भिडियो बुलेटिन)

अफगानिस्तानमा २ राष्ट्रपतिदेखि सबै फिल्म सुटिङ बन्द (भिडियो बुलेटिन)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले राष्ट्रपति पदको सपथग्रहण गरेकै बेलामा सरकारका प्रमुख कार्यकारी अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका छन् । दुवै जनाको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ ।

हलिउड तथा बलिउड संगै नेपालकोफिल्मी बजारमा पनि कोरोनाको प्रभाव पर्न थालेको छ । चलचित्र निर्माता संघले एक विज्ञप्तीमार्फतअर्को सूचना जारी नभएसम्मचलचित्र छायांकन तथा अवार्ड कार्यक्रमहरु रोक्न निर्मातालाई आग्रह गरेको छ ।
चीनको वुहानबाट सुरु भएर विश्वका एक सय १३ वटा देशमा फैलिइसकेको कोरोना अर्थात कोभिड–१९ कोे संक्रमण ४ जना नेपालीमा पनि देखिएको पुष्टि भएको छ । नेपाल र अस्ट्रेलियामा एक एक जना तथा यूएईमा दुईजना नेपालीलाई कोरोना लागेको पुष्टि भएको छ ।

२०७२ सालको भूकम्पले तहसनहस पारेको ऐतिहासिक धरहराको पुनःनिर्माण २०७७ असोज महिनाभित्र सम्पन्न हुने भएको छ । काठमाडौंको पुरानो बसपार्कमा २२ तले भ्युटावर निर्माणको ठेक्का हात पारेका ‘क’ वर्गका ठेकेदार मनोज भेटवालले आज महानगरीय प्रहरी परिसर टेकुमा आत्मसर्मपण गरेका छन ।

Logo