काठमाडौं ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
यसवर्ष विगत जस्तो होली मनाउन पाइएको छैन । कोरोना भाइरसका कारण सरकारले समेत सामुहिक रुपमा होली नमनाउन भने पछि सर्वसाधारणले खल्लो रुपमा होली मनाउँदै छन् । केहि सर्वसाधारणहरुले भने पर्व मनाउने हो , जे होला होला भन्ने अभिव्यक्ति पनि दिएका छन् । आज हामीले होली मनाइरहेका नागरिकसँग होली कस्तो लाग्दैछ, भनेर सोधेका छौं । हेरौं उनीहरुको प्रतिक्रिया यो भिडियोमा :





























प्रतिक्रिया