‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’ : प्रवक्ता श्रेष्ठ

‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’ : प्रवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । वाग्मती नगरपालिका–११ मा विहिबारदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने बताए । खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उनले उल्लेख गरे ।

नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए । उनले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताए । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गरे।

वाग्मती युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्लेछ । प्रतियोगितामा दुई वटा विदेशी र १० सम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र द्वितीय हुनेले पाँच लाख नगद पुरस्कार पाउने वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।
रासस

Logo