काठमाडौं ।
सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयहरुलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।
चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
यसैगरी, बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको छ । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो ।
भाइरसको संक्रमण प्रदेशमा फैलिन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले बताए ।राजधानीबाट





























प्रतिक्रिया