काठमाडौँ – अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार गत तिन दिन यता ८६ पैसाले डलरको भाउ बढेको हो । गत आइतबार ११५. ८० पैसा रहेको डलरको भाउ मंगलबार ११६.६६ पुगेको हो ।
लामो समयदेखि एक १४ मा स्थिर रहेको डलरको भाउ आइतबारदेखि बढ्न थालेको हो । भारु डलरसँग कमजोर हुँदा त्यसको असर नेपाली रुपैँयामा पनि पर्ने गर्छ । गत वर्षहरुमा दशैँ तथा तिहारको वरिपरि डलरको भाउ बढ्दा दैनिक उपभोग्य बस्तुहरु महँगिएका थिए ।
के केमा पर्छ प्रभाव ?
रेमिट्यान्स (विदेशमा भएका कामदारहरुले कमाएको पैसा वा आम्दानी ) बढ्छ ।
नेपाल आयातमा निर्भर मुलुक भएकाले डलरमा भुक्तानी गर्नुपर्दा व्यापार घाटा बढ्छ ।
विदेशबाट ल्याइने औद्योगिक कच्चा पदार्थहरुको मुल्य बढ्छ ।
नेपाली निर्यातजन्य वस्तुको मुल्य बढ्छ ।
दैनिक उपभोग्य वस्तुहरु महँगिन्छन् ।





























प्रतिक्रिया