पोखरा ,
स्वयंसेवी संस्था नेपाल स्काउटको आधारभूत तालिम कास्कीको पोखरामा शुरु भएको छ । यो गण्डकी प्रदेश स्तरिय तालिम हो । पाँच दिनसम्म चल्ने तालिमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।
स्काउटले यसअघि प्रदेश १ र ५ मा प्रदेश स्तरिय तालिम सम्पन्न गरिसकेको छ । हरेक प्रदेशमा तालिम सञ्चालन गर्ने लक्ष्य स्काउटको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका हरेक स्थानीय तह र विद्यालयमा स्काउटको तालिम पु¥याउने प्रतिवद्धता जनाए ।

तालिमका लागि आउने वर्षदेखि बजेट विनियोजन गर्नेपनि उनले जनाए । साथै स्वयंसेवी कार्यमा स्काउटसँग सहकार्य गर्ने पनि उनले सोही कार्यक्रममा प्रतिवद्धता जनाए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विकासका लागि स्काउट अनिवार्य रहेको बताए ।
हरेक प्रदेशमा स्काउटको तर्दथ समिति छिट्टै गठन हुने पनि उनले बताए । अहिले केन्द्रमा पनि स्काउट तदर्थ समितीको भरमा चलिरहेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले चालु आर्थिक वर्षलाई सरकारले युवा परिचालन वर्ष घोषणा गरेकोले सोही अनुसार गतिविधी पनि सञ्चालन गरिरहेको बताए ।
सिमित स्रोतका बाबजुद पनि नेपाल स्काउट मार्फत युवा परिचालनको लागि उत्साप्रद तरिकाबाट कार्यक्रम सञ्चालन गरिरहेकोमा उनले प्रशंसा गरे । मुलुकमा थुप्रै सामाजिक संस्था सञ्चालनमा रहेपनि नेपाल स्काउटको काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको आयोजकले बताए ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले विगतमा सुस्ताएको स्काउटको गतिविधी पछिल्लो समय बढ्दै गएकोमा स्काउट केन्द्रीय समितिलाई धन्यवाद दिए । तालिममा गण्डकी प्रदेशका ३ सय ९१ जना सहभागी भएको स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारीले बताए । तालिमबाट सबै स्थानीय तहमा तालिम दिन सक्नेगरि स्काउट मास्कटर्स तयार गरिनेछ ।

ती मास्टरहरुले सम्बन्धित स्थानीय तहका अनय नागरिकलाई तालिम दिनेछन् । अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था स्काउटको गतिविधी नेपालमा २००९ सालबाट शुरु भएको हो । तर २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधी कार्यक्रम शुरु गरिएको हो । यसको विश्वका १ सय ८६ मुलुकमा संगठन रहेको भण्डारीले बताए ।





























प्रतिक्रिया