सुटुक्क सुकुटे पुगे प्रचण्ड

सुटुक्क सुकुटे पुगे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सिन्धुपाल्चोकको सुकुटे गएका छन् । आज बिहान चितवन गएका उनी दिउसो हेलिकप्टरबाट सुकुटे पुगेका हुन् । उनले शनिबारदेखि हुने सुकुटे महोत्सव उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डको सुकुटे साइनो अहिले मात्र भने होइन । यस अघि पनि उनी आरामका लागि सुकुटे पुग्ने गरेका थिए । गएको पुसको तेस्रो साता उनी सुकुटेमाथिको गाउँ कदमबासमा पुगेर एक रात बसेका थिए ।

यसपटक भने उनी आराम गर्न नभएर महोत्सव उद्घाटनका लागि सुकुटे गएका हुन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत सुकुटेमा फागुन १७ (भोलि) देखि २० गतेसम्म पर्यटन महोत्सव हुँदैछ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo