साढे ६ वर्षपहिले युवतीमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद र एक करोड १४ लाख जरिवाना

साढे ६ वर्षपहिले युवतीमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद र एक करोड १४ लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।
हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योग अन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैंयाँ जरिवानाको फैसला गरेको हो।

अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंयाँ क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताए । त्यस्तै, एसिड आक्रमणको मतियारको रुपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैंयाँ जरिवानाको फैसला गरेको छ।

घटना भएको साढे छ वर्षपछि कात्तिक १४ गते केशरीलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डल पनि पक्राउ परेका थिए।

भारतको उत्तर प्रदेश, महाराजगंज जिल्ला, अमरपुर्वन वडा नम्बर ६ का केशरीले हेटौंडा उपमहानगरपालिका ३, मेनरोडकी विन्दवासिनी कंसाकारलाई २०७० बैशाख ९ गते पसलमा एसिड प्रहार गरी फरार भएका थिए । एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पनि पक्राउ गरिएको थियो।

एसिड प्रहारबाट पीडित भएकी कंसाकारले केशरीलाई हदैसम्मको सजायँ र उपचार खर्च पाउनुपर्ने माग गर्दै आएकी थ्इिन्। ‘बुवाले ८० लाख भारतीय रुपैंयाँ बढी खर्च गर्नुभएको छ,’ उनले भनिन्। नागरिकबाट

Logo