“प्रविधिको क्षेत्रमा सरकारको लगानी पर्याप्त छैन”– क्यान पूर्वअध्यक्ष सि‌ंह (भिडियोसहित)

“प्रविधिको क्षेत्रमा सरकारको लगानी पर्याप्त छैन”– क्यान पूर्वअध्यक्ष सि‌ंह (भिडियोसहित)


काठमाडौं । नेपालमा विज्ञान र प्रविधि क्षेत्रको विकास अनुसार नेपालमा लगानी हुन नसकेको  कम्प्युटर एसाेसिएसन नेपाल महास‌ंघ (क्यान) का पूर्वअध्यक्ष विप्लवमान सिंहले बताएका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिमा लगानी नगरेको क्यानका पूर्वअध्यक्ष सिंहले बताएका हुन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा केही गरौं भनेर धेरै युवाहरुले प्रयास गरिरहँदा आफूले लगानी गर्न नसक्दा समस्या भइरहेको छ भने सरकारसँग भएको बजेट पनि व्यवस्थापन गर्न नसक्दा कुहिन थालेको उनको टिप्पणी छ । ‘सरकारसँग च्यालेन्ज फण्ड, नलेज फण्ड भनेर तीन अरब छ तर लगानी नगर्दा कुहिन थालिसकेको छ ।’ उनले सरकारले लगानी गरेमा युवाहरुले रोजगारी पाउने तथा सरकारलाई पनि फाइदा पुग्ने भएकोले लगानी गर्न आग्रह गरे ।

साथै नेपालमा तिव्र विकाससँगे विज्ञान र प्रविधिप्रति चासो बढ्दै भइरहेकोले हरेक वर्ष क्यान इन्फोटेकको आकर्षण बढिरहेको बताए ।

प्रविधिको क्षेत्रमा सरकारको लगानी छैन– क्यान पूर्वअध्यक्ष विप्लवमान सि‌ंह

प्रविधिको क्षेत्रमा सरकारको लगानी छैन– क्यान पूर्वअध्यक्ष विप्लवमान सि‌ंह

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, February 18, 2020

Logo