भारतले दश दिनपछि रेलसेट नेपाल पठाउने

भारतले दश दिनपछि रेलसेट नेपाल पठाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुन अझै महिना दिन लाग्ने भएको छ । यसका लागि ‘रेलसेट’ आउन अझै तीन साताबढी लाग्ने भएको छ ।

नेपालबाट सञ्चालन गर्न लागिएको ‘रेलसेट’ १० दिनपछि भारतबाट पठाइने भएको हो । सो ‘रेलसेट’ झन्डै १५ दिनमा नेपाल आइपुग्नेछ । सरकारले भारतको कोनकान कम्पनीमार्फत ‘रेलसेट’ खरिद प्रक्रिया अघि बढाएको हो । पाँच डिब्बा भएको दुई ‘रेलसेट’ खरिद गरिंदैछ ।

रेल विभागले ‘रेलसेट’ आइपुग्ने बित्तिकै सञ्चालन तयारी भइरहेको जनाएको छ । यो सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने बताइएको छ ।

नेपालमा ‘रेलसेट’ आएपछि त्यसको जाँच हुनेछ । सम्झौता अनुरूप भए त्यसपछि सञ्चालन हुने विभागले जनाएको छ । उसका अनुसार आगामी फागुनसम्ममा रेल सञ्चालन गर्ने तयारी जारी छ । भारतबाट ‘रेलसेट’ ल्याउने तयारी भइरहे पनि लिक, स्टेसन लगायतका भौतिक पूर्वाधार कार्य भने सम्पन्न भएको छ । नेपालमा पहिलो चरणमा एकसेट मात्र आउनेछ भने त्यसको एक महिनापछि अर्को आइपुग्ने विभागले जनाएको छ । विभागका अनुसार एउटा रेलको क्षमता १ हजार ३ सयसम्म यात्रु बोक्न सक्ने हुनेछ ।
राजधानीबाट

Logo