नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका भूभागहरूमा बाक्लो हुस्सु, कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राती देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा हुस्सु , कुहिरो रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार राती पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगका एक, दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई महाशाखाको अनुरोध छ।

Logo