बेल्जियमकी राजकुमारी एकसाता लामो नेपाल भ्रमणमा आउँदै

बेल्जियमकी राजकुमारी एकसाता लामो नेपाल भ्रमणमा आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् ।

राजकुमारी बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन्।

५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन् । एस्ट्रिडले नेपाल रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

उनले कैलाली, नवलपरासी र चितवनको भ्रमण गर्नेछिन् । कैलालीमा उनी क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन् ।

Logo