काठमाडौं
बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटनाकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभार सम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।
यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ । विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ। त्यस्तै सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ। अध्ययन अनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो ।
अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका शोधकर्ता डाक्टर पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पु¥याउने मनसाय राखेका छैनौं, यसले थप सचेत बनाउँछ भन्ने हो।’
नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण भएको उजागर गरेको छ । चोटपटकबाट नेपालमा हुने मृत्युको ४५ प्रतिशत यातायात सम्बन्धी दुर्घटनाबाट र १८ प्रतिशत लडेर, १४ प्रतिशत आत्महत्याका कारण हुने गरेको पाइएको छ। तथ्यांक अनुसार एक वर्षमा सबै खालका यातायात सम्बन्धी दुर्घटनाबाट सात हजार पाँच सय २४, मनसायविना हुने चोटपटकको कारणबाट ६ हजार चार सय ६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट दुई हजार आठ सय ४२ जनाको मृत्यु हुने गरेको छ। नेपालको प्रतिएक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६ दशमलव ३१ रहेको छ। मृत्यु हुनेमा पुरुषको दर बढी छ । चोटपटक लाग्नेमा ७६ प्रतिशत पुरुष रहेका छन्।
अध्ययनमा दुर्घटनाको मुख्य कारण मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नहुनु, ट्राफिक नियम पालना नहुनु, सडक सुरक्षा सम्बन्धी सचेतना नहुनु लगायत रहेका छन्।
नागरिकबाट





























प्रतिक्रिया