डोनाल्ड ट्रम्पकाे टाउकाकाे माेलदेखि अस्ट्रेलियाका नेपाली विद्यार्थीका प्रशङ्गसम्म (भिडियोसहित)

डोनाल्ड ट्रम्पकाे टाउकाकाे माेलदेखि अस्ट्रेलियाका नेपाली विद्यार्थीका प्रशङ्गसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकास्थित ९ सय ५० रोपनी जग्गा नेकपा विप्लव समूहले कब्जा गरेको छ । खोलाको बगरको बहानामा जबर्जस्ती सरकारीकरण गरिएको भन्दै कब्जा गरेको विप्लव समूहले जनाएको हो ।
इरानका शीर्ष कमाण्डरको हत्या भएसँगै अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । पछिल्लो समय एक अर्काबीच आक्रमक शुरु हुन थालेका हुन् । साथै इरानले अमेरिकाका राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।
नेपालीहरु अध्ययनको शिलशिलामा अस्ट्रेलिया जाने क्रम बढेको छ । कक्षा १२ सकेका धेरैजसो विद्यार्थीहरुको सपना हुन्छ । त्यसको लागि नक्कली बिहे, नक्कली लाइसेन्स, नक्कली प्रमाण पत्र समेत बनाउँदै जाने गरेको समाचारहरु समय समयमा आइरन्छ । तर अस्ट्रेलिया जादा सचेत हुन त्यहाँबाट सरोकारवालाले सुझाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा शुरु भएको छ । पार्टी नेतृत्वलाई पुस ११ गतेको निर्णय सच्याउन दवाब दिने उद्देस्यले संस्थापनइतर समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । भेलामा ४३ जिल्ला सभापतिहरुको सहभागिता रहेको बताइएको छ ।

Logo