प्रदेश नं ३ : नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने

प्रदेश नं ३ : नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारणा राख्नुहुने प्रदेशसभा सदस्यले प्रदेशको नाम र राजधानीको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएका छन् ।

प्रदेशसभाको बैठक पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिबार बसेको दलको बैठकमा प्रदेशको नाम र राजधानी सहमतिमै टुङ्ग्याउनु पर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सबैको भावनाको कदर गर्दै प्रक्रिया अनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।

पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसै अनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए । प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णय अनुसार नै प्रदेशको नाम र राजधानीमा आफूहरु उभिएको धारणा व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo