प्रसिद्ध गायक रामकृष्ण ढकालले बि.स. २०५९ सालमा धुमधामसँग विवाह गरेका थिए । उनले पाँचतारे होटल हायातमा भव्य भोज आयोजना गरी विवाह गरेका थिए ।
विवाहको १८ बर्षपछि अर्थात २०७६ पुष ९ गते जिल्ला अदालत काठमाडौंमा औपचारिक रुपमा सम्बन्ध बिच्छेदको रुप लियो । जिल्ला अदालतका न्यायाधीश बिदुर कोइरालाले ढकाल दम्पत्तिको मिलेमतोमा सम्बन्धबिच्छेद भएको सुनाएपछि यो समाचारले सनसनी मच्चाएको थियो ।
अदालतलाई आधार मानेर मिडियाले एकैपटक समाचार बनाएका थिए । मिडियाले रामकृष्णसँग प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । ढकाल दम्पत्तिको समाचार २४ घण्टा नपुग्दै भाइरल बन्यो । तर, रामकृष्णले सामाजिक सञ्जाल मार्फत समाचारको खण्डन गर्ने प्रयास गरे ।
र, सम्बन्ध बिच्छेद नभएको उनी जिकिर गरिरहेका छन् । श्रीमती निलमसँगको तस्बिर पोष्ट गरेर उनी मिडियामा आएका समाचार ‘फेक’ भएको पुष्टि गर्न लागिपरेका छन् । खासमा उनी मिडियामा आउन नचाहनुका पछाडि मुख्यत: ४ वटा कारण रहेका छन् । प्रस्तुत छ, तिनै कारणसहितको यो भिडियो रिपोर्ट ।





























प्रतिक्रिया