चिसिएको मौसमदेखि बैंकिङ्ग सुविधासम्म (भिडियो सहित)

चिसिएको मौसमदेखि बैंकिङ्ग सुविधासम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये पश्चिमी न्यूनचापिय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताए ।

यता नेपाली बैंकहरु धमाधम ह्याकरको निशानामा परेपछि राष्ट्रबैंकले कडाइका साथ बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विभागले बिहिबार एकीकृत निर्देशिका जारी गर्दै ह्याकिङ नियन्त्रण गर्ने उपायसहित निर्देशन दिएको हो ।

उता मकवानपुर र काठमाडौंको सिमाना चन्द्रागिरी पर्वतमा वर्षाैदेखि सडक मर्मतको क्रम चलिरहेको छ । सडक मर्मतका क्रममा निस्किएको ढुंगा अवैधरुपमा विक्रि वितरण भएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । तर, त्यही चन्द्रागिरीमा पाइने विशेष ढुंगाको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा संकटमा परेको छ ।

यस्तै अमेरिकी सेनाको कारवाहीमा परी इरानको क्वीड दस्ताका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । बिहीबार राति इराकको बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा परी सुलेमानी मारिएका हुन् । थप समाचार हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo