नेपाल–भारत सीमा विवाद : वार्ताको मिति छिट्टै तय हुन्छ – भारत

नेपाल–भारत सीमा विवाद : वार्ताको मिति छिट्टै तय हुन्छ – भारत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ।

सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार भारतीय विदेश सचिव रविश कुमारले भने –‘सीमाका विषयमा वार्ता चलिरहेको छ। सीमा निर्धारणको प्रक्रिया पनि चलिरहेको छ।’

आफ्नो मुलुकको राजनीतिक नक्साले नेपाली भू–भागलाई असर पार्ने काम नगरेको र नक्सा सही भएको उनले दाबी गरे। सीमा समस्या समाधान गर्न पछिल्लो विवाद बल्झिनु अगावै दुवैतर्फका परराष्ट्र सचिव संलग्न संयन्त्र गठन भइसकेको छ।

यता परराष्ट्र मन्त्रालयले पनि वार्ताबारे गृहकार्य भइरहेको बताउँदै छिट्टै वार्ताको मिति तय हुने जनाएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन संवादका क्रममा वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो।
नेपाल समाचारपत्रबाट

Logo