गृह मन्त्रालयको निर्देशन- ‘उखुको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्नु’

गृह मन्त्रालयको निर्देशन- ‘उखुको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्नु’

केन्द्रबिन्दु
0
Shares

किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालकहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । गृहले चिनी मिलका सञ्चालकलाई खोजी गरी उद्योग वाणिज्य तथा उद्योग मन्त्रालयको जिम्मा लगाउन निर्देशन दिएको  छ ।

कृषि र उद्योग वाणिज्य मन्त्रालयले  चिनी मिल सञ्चालकमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो  । पत्रमा भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालकलाई पक्रन भनिएको छ ।

उखु किसान महासंघका अनुसार सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी छ । अहिले उखु किसानहरु चिनी मिलबाट भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनका लागि काठमाडौं उत्रिएका छन् । केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुलाई आज कलाकार, विवेकशील पार्टीका साथै अन्य फेसबुक ग्रुपका युवायुवतीहरुले समेत साथ दिएका छन् ।

Logo