यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आजदेखि पश्‍चिमी न्यूनचापीय वायु प्रणाली नेपालतिर प्रवेश गरेको छ । नेपालमा यो वायु प्रणाली केहि दिन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडी भागमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको छ ।

तीन दिनको मौसम

पौष १५ गते

देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते

देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ ।

पौष १७ गते
देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ ।

Logo