अन्तर्राष्ट्रिय व्यापारमा सुधारको संकेत

अन्तर्राष्ट्रिय व्यापारमा सुधारको संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केही वर्षयता उच्च आयातले अर्थतन्त्र समस्यामा परेका बेला चालु आर्थिक वर्षको सुरुदेखि नै निर्यातमा सुधार देखिएको छ।

मुलुकको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको अंश ज्यादै कम छ । त्यसैले निर्यातमा आएको ठूलै सुधारले पनि ठूलो आकारको व्यापार घाटा कम गर्न उल्लेख्य योगदान दिन सक्दैन। यही बेला आयातमा समेत कमी आएकाले वैदेशिक व्यापारमा झिनो रुपमा भए पनि सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार निर्यातमा सुधार र आयातमा कमी आएका कारण यो बेला व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ। अहिलेसम्म चार सय १४ अर्ब दुई करोड व्यापार घाटा पुगेको हो। गत वर्ष यो बेला व्यापार घाटा ३७.८ प्रतिशतले बढेको थियो। निर्यात–आयात अनुपात ८.१ प्रतिशत छ। अघिल्लो वर्ष यो अनुपात ६.१ प्रतिशत थियो।

बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा वस्तु निर्यात २३.९ प्रतिशतले बढेको छ। गत साउनदेखि कात्तिकसम्म मुलुकले ३६ अर्ब २८ करोड रुपैयाँ बराबरका सामान निर्यात गरेको हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । बैंकका अनुसार भारततर्फ ४५.६ प्रतिशतले निर्यात बढेको छ। चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य) , जुटका सामान, आयुर्वेदिक औषधि लगायत वस्तुको निर्यात बढेको छ। यस्तै जस्तापाता, तार, तयारी पोसाक, जुस, ऊनी गलैंचा लगायत वस्तुको निर्यात घटेको छ।
नागरिकबाट

Skip This
Skip This
Logo