स्वास्थ्यमा तीव्र सुधार भइरहेको छः प्रधानमन्त्री

स्वास्थ्यमा तीव्र सुधार भइरहेको छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा तीव्र गतिमा सुधार भइरहेकाे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जानकारी गराएका छन्केर ।

बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइरहेकाे बताएका हुन् । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भएको जनाकारी गराएकाे हाे ।

‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउनुभयो। तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो,’ श्रेष्ठले भने। बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको उनले बताए । नेकपा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको थियो ।

Skip This
Skip This
Logo