गृहमन्त्री थापा र बेलायतका राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र बेलायतका राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,  २०७६ मंसिर २५ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोल्लिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । निकोलाको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद हुने मन्त्री थापाको विश्वास छ ।

बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई गृहमन्त्री थापाले आग्रह  गरेका छन् ।

भेटमा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने र आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिएकी छन् ।

Logo