रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयकमाथि दफावार छलफल शुरु

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयकमाथि दफावार छलफल शुरु


काठमाडौं,

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल शुरु भएको छ । शुरुमा पेश भएको मूल विधेयकमा तीन पटकसम्म परिमार्जन गरिएको उक्त विधेयकमाथि समितिको बुधबारको बैठकमा दफावार छलफल शुरु भएको हो ।

समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको प्रस्तावनादेखि दफा ५ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकीरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ ।

रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकीरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न सो विधेयक ल्याइएको हो ।

Logo