प्रचण्डको अभिव्यक्ति अशोभनीय : काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

प्रचण्डको अभिव्यक्ति अशोभनीय : काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिको विषयलाई लिएर आलोचना गरेका छन् ।

अध्यक्ष प्रचण्डले कास्की–२ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै वृद्धावस्थामा सांसद बन्ने ? भन्दै आलोचना गरेका थिए ।

प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाइ एवं उमेरअनुसार उनले यस्तो अभिव्यक्ति दिनु अशोभनीय भएको बताएका छन् ।

पोखरामा प्रचण्डले दिएको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहिं किन नमिल्ने ?’

प्रचण्डले आज कास्कीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका उम्मेद्वार पौडेलप्रति इङ्गित गर्दै ‘देवघाट जाने उमेरमा सांसद बन्ने ?’ भनेका थिए ।

Logo