काठमाडौं,
वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित ०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ।
तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ। न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो।
न्याम्सका उपकुलपति डिएन साहले वीर अस्पताल गुठीको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए। उनका अनुसार समितिले काम थालिसकेको छ।
के थियो प्रतिवेदनमा ?
मानन्धर नेतृत्वमा गठित समितिले ०६७ साल साउन २४ गते वीर अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको औंल्याइएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका नुवाकोट, मकवानपुर लगायतका जिल्लामा अस्पताल गुठीको नाममा रहेको जग्गा व्यक्तिको कब्जामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
नागरिकबाट





























प्रतिक्रिया