पुनः सत्याग्रहमा जान्छौं : गोविन्द केसी

पुनः सत्याग्रहमा जान्छौं : गोविन्द केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

डा गोविन्द केसीले विद्यार्थीका माग पूरा नभए पुनः सत्याग्रहमा जाने बताउनु भएको छ। उहाँले सत्याग्रह तथा विद्यार्थीको आन्दोलनका कारण सरकारले अवैधरूपमा असुलिएको रकम फिर्ता गर्न बारम्बार मेडिकल कलेजहरूसित अनुनयविनय गरे पनि तिनका सञ्चालकहरूले सुनुवाइ नगरेकाले सत्याग्रहमा जानुपर्ने विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो।

उहाँले दोहोरो भूमिका तत्काल बन्द गरी त्रिवि र केयू अन्तर्गतका सबै मेडिकल कलेजले हाल अध्ययनरत सबै विद्यार्थीसँग लिएका अवैध शुल्क तत्काल फिर्ता गर्न सरकारसँग माग गर्नुभएको छ।

उहाँले सत्याग्रहको पछिल्लो चरण स्थगन मात्रै गरेको र तत्काल विद्यार्थीसँग अवैधरूपमा लिइएको शुल्क फिर्ता गर्ने लगायतका माग पूरा नभएमा सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनुभएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo