टुटल र पठाओबारे सर्वसाधारणः “विकल्प देउ वा प्रोत्साहन गर” (भिडियोसहित)

टुटल र पठाओबारे सर्वसाधारणः “विकल्प देउ वा प्रोत्साहन गर” (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई –

काठमाडाैं । गत मंसिर ४ गते सूचना जारी गर्दै यातायात व्यवस्था विभागले निजी मोटरसाइकलबाट यात्रु नबोक्न निर्देशन दियो । विभागले  निर्देशन दिएको  ४ दिनपछि आइतबार बिहान स्वयम्भुमा ट्याक्सी चालकले नै पठाओ चालक समाएर ट्राफिक प्रहरीलाई बुझाए । ट्याक्सी चालकले समाएका पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरीवृत्त स्वयम्भुका प्रहरी जवान विजय मण्डलले चिट काटेर कारवाही गरे ।

तामाङले ट्याक्सी चालकहरूले आफूलाई मोटर साइकल तोडफोड गर्ने धम्की दिएको बताए । श्रमकालागि  विदेश जाने तयारीमा रहेका तामाङ स्वदेशमै श्रम गरेर कमाउने ठाउँ भेटेपछि विगत ४ महिनादेखि पठाओमा आवद्ध भई यात्रुलाई सेवा दिँदै आएका थिए । तर  कानुन विपरित ट्याक्सी चालकले समाएपछि तामाङ छक्कै परे ।

याे घटनापछि ट्याक्सी चालकको हर्कतलाई विभागले साथ दिएको भन्दै टुटल र पठाओका चालकहरू सडक संघर्षमै आउने तयारीमा छन् । टुटल, पठाओ र सरर नेपालमा आवद्ध चालकहरुले मंसिर १५ गते माइतीघरमा प्रदर्शन गर्ने भएका छन् ।

गत वर्ष माघमा पनि विभागले टुटल र पठाओका चालकहरूलाई कारवाही गरेको थियो । तर, प्रधानमन्त्री केपीशर्मा ओलीले टुटल र पठाओलाई सुचारु गर्न निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो । नयाँ र वैज्ञानिक व्यापारको सोचलाई निरुत्साहित गरि ट्याक्सी व्यवसायीको एकाधिकार कायम राख्न खोजेको टुटल, पठाओ र सरर नेपालका चालकहरुको आरोप छ ।

विभागको पछिल्लो कदम प्रति सर्वसाधारण समेत सन्तुष्त छैनन् ।

हेर्नुहोस भिडियो

Logo