चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला

चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला

केन्द्रबिन्दु
0
Shares

चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल भेटिएको छ ।

विद्यार्थी बस्ने होस्टलमा पेस्तोल र गोली फेला पारिएको चितवन प्रहरीका उपरीक्षक दानबहादुर मल्ल जानकारी दिए । होस्टलका गार्डले खबर गरेपछि प्रहरीले खोजतलास गर्दा हतियार भेटिएको हो ।   ’

चितवन मेडिकल कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । चितवन मेडिकल कलेजमा नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

भोलि आइतबार अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।

Logo