मोटरसाइकलमा बोकेर ल्याइएको साढे ३५ लाखसहित २ जना पक्राउ

मोटरसाइकलमा बोकेर ल्याइएको साढे ३५ लाखसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

हेटौंडा,
अवैध हुण्डीको पैसा लिएर मोटरसाइकलमा आउँदै गरेको अवस्थामा सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका-८, लंगडाचोकबाट ना २६ प १६४९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ३५ लाख ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ को झवानी टोलका २३ वर्षीय सुनिल महतो नुनिया र २२ वर्षीय राजनकुमार दुबे रहेका छन् ।

उनीहरुको साथमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चेक तथा भौचरको फोटो तथा कारोबारको भ्वाइसरेकर्ड तथा करोडौं रुपैयाँ कारोबार गरेका विवरण फेला परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

उनीहरुलाई पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि कसुर अन्तर्गत बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिन म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo