प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो हेमाेडायलासिस गरिएको छ।
शनिबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गराउनुका साथै पुन: हेमाेडायलासिस ग्राण्डी अस्पतालले जनाएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पतालमा आउनुभएको छ’, ग्राण्डी अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ।’
यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो । प्रधानमन्त्रीको ओलीको स्वाथ्य अवस्था सामान्य रहेको र उनी आजै निवास फर्कने अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।






























प्रतिक्रिया