अवकाशपछि पनि सरकारविरुद्ध बोले पेन्सन रोक्का

अवकाशपछि पनि सरकारविरुद्ध बोले पेन्सन रोक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सरकारी सेवामा प्रवेश गरेका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पु¥याइने भएको छ। निजामती सेवा ऐन २०४९ मा रहेको ५८ वर्ष उमेर पुगेपछि स्वतः अवकाश पाउने व्यवस्थालाई परिवर्तन गरी उमेर हद ६० वर्ष पु¥याइने भएको हो।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकले निजामती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐन २०५३ लाई खारेज गर्ने गरी ल्याइएको संघीय निजामती कर्मचारी सम्बन्धी नयाँ विधेयकमा अवकाश उमेर ६० वर्ष राख्ने सहमति गरेको छ। बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाश उमेरलाई टुंगो लगाएको हो ।

अवकाशपछि निजामती कर्मचारीले पनि राजनीतिक दलका नेताले झैं वक्तव्य दिन थालेपछि यसलाई नियन्त्रण गरिने भएको छ। पेन्सन पाइरहेका पूर्वकर्मचारीले सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यममार्फत सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्यविरुद्ध अभिव्यक्ति दिएमा वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा मन्त्रालयले पेन्सन रोक्न सक्ने व्यवस्था राख्ने सहमति भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले भने, ‘अवकाश पाएका कर्मचारीले गोप्य सूचना बेचेको पनि पाइएको छ।’
नागरिकबाट

Logo