कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ३५-४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिक आज बिहान फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया