नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर तामाङ पक्राउ परेका छन् । उनी स्थानीय तहको निर्वाचनमा म्यागङ गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
महानगरीय प्रहरी परिसर टेकु, काठमाडौको पत्र अनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाका अनुसार तामाङलाई आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौ पठाइएको छ ।
थापाका अनुसार तामाङ विरुद्ध २०६१ जेठ २७ मा काठमाडौ जिल्ला अदालतको फैसलाले तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । २०५९ असोज २४ गते ठमेलबाट सात किलो लागुऔषध चरेस सहित पक्राउ परेका तामाङ थुनछेक बहसमा ३० हजार रुपैयाँ धरौटी तारिखमा रिहा भएका थिए ।
मुद्दाको अन्तिम फैसलाले उनलाई दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएपछि उनी फरार थिए ।





























प्रतिक्रिया