प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेल तथा नेकपाका देवीप्रसाद ढकाल (डीपी)ले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरूले यो चुनाव जनमत संग्रह झैँ भएको बताए । प्रवक्ता विश्वप्रकाश शर्माले एउटा सिटले सरकार नढल्ने र नबन्ने तर सन्देश भने दिनसक्ने बताए । उनले भने, ‘दुईअढाइ वर्षमा सरकारले ठीक गरेको छ भने उहाँहरूलाई भोट दिनुस् । बेठीक गरेको छ भने कांग्रेसलाई भोट दिनुस् ।’ उपचुनावमा नेकपालाई जिताए सरकार मात्तिने उनको दाबी छ ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यो चुनावमा लोकतन्त्रवादी वा अधिनायकवादीमध्ये कसको पक्षमा उभिने हो, सोको निर्णय जनताले गर्नुपर्ने बताए ।
त्यसैगरी ढकालले उम्मेदवारी दर्ता गर्दा नेता वामदेव गौतम, पूर्वमन्त्री तथा सांसद महेश बस्नेत आदि नेताहरूको उपस्थिति थियो । ढकाल नेकपा भक्तपुरका जिल्ला कमिटी सचिवसमेत हुन् । उनी पूर्वमाओवादी हुन् ।





























प्रतिक्रिया