भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति नेपाल सरकारको आधिकारिक धारणा आएको छ । सरकारले कालापानी नेपालको भूभाग भएको बताउंदै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रस्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ ।
परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ।
नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले स्मरण गराएको छ ।
प्रेस विज्ञप्ति :-
































प्रतिक्रिया