सिरहा जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एकजना महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको हत्या गरेका हुन् । स्रोतका अनुसार पासवानले श्रीमतीमाथि बन्चरो प्रहार गरेका थिए ।
बुधबार बिहान पासवानकी श्रीमतीले मासु खानका लागि पैसा मागेकी थिइन् । तर पासवानले पैसा दिएनन् । यसपछि उनीहरूबीच विवाद सुरू भयो । त्यसै क्रममा पासवानले कवितामाथि अन्धाधुन्ध रूपमा बन्चरो हाने । बन्चरो प्रहारका कारण कविताको घटनास्थलमै मृत्यु भयो ।
घटनापछि फरार पासवानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया