उपनिर्वाचनका उमेद्वारको खर्च सीमा तोकियो

उपनिर्वाचनका उमेद्वारको खर्च सीमा तोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि लक्षित गर्दै उम्मेदवारलाई खर्चको सीमा तोकिदिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका प्रमुखहरूको समेत निर्वाचन प्रचारप्रसारका लागि खर्चको सीमा तोकिदिएको हो ।

जस अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यसैगरी, उपनगरपालिकाको वडाध्यक्षले २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार र गाउँपालिका वडाध्यक्षले १ लाख ५० हजारसम्म निर्वाचन प्रचारप्रसारका लागि खर्च गर्न पाउँनेछन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले उम्मेदवारका लागि निर्वाचनमा प्रचारप्रसार गर्न रकमको सीमा निर्धारण गरेको र निर्वाचनलाई उम्मेदवारले सकेसम्म अझै कम खर्चिलो बनाउने विश्वास व्यक्त गरे । आयोगले गत ८ कात्तिकबाट उपनिर्वाचनका लागि लक्षित गरेर आचारसंहिता जारी गरिसकेको छ ।
राजधानीबाट

Logo