सकियो छठ, काठमाडौँमा मात्रै ६५६ छठघाट (भिडियो सहित)

सकियो छठ, काठमाडौँमा मात्रै ६५६ छठघाट (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघर्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघर्य दिइएको थियो ।

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो । गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली सिङ्गारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो । यी छठघाटमा लाखौँ भक्तजनले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अघर्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघर्य दिएर चार दिन लामा सूर्य उपापना पर्व अन्त्य गरेको छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए ।

Logo