काठमाडौं,
मंगलबार भाइटीका नगरेका नेवार समुदायले आज भाइटीका लगाउँदैछन् ।
नेपाल पञ्चाङग निर्णायक समितिको निर्यण अनुसार हिजो नै भाइटीका भएपनि उपत्यकाका नेवार समुदायले भने आज मात्रै भाइटीका लगाउँदै छन् । उपत्यकाका नेवार समुदाय बाहेकले भने मंगलबार नै भाइटीका लगाएका छन् ।
भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ ।
नेवार समुदायले मनाउने किजा पूजा अर्थात भाइटीकाको लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ ।































प्रतिक्रिया